धनगढीमा  उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

death
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीमा  उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको छ। 

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–२ का ६५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । 

मंसिर १८ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । 

 

उनमा कडा खालको निमोनिया रहेको श्रेष्ठले बताए । 

प्रकाशित:
2020/12/10, 11:37