कञ्चनपुरमा २ लाख बढीको अवैध सामान बरामद 

baramad
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा २ लाख भन्दा बढी मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । 

लाल झाडी गाउँपालिका १ र २ इलाकाबाट युरिया मल, र हार्डवेयरका समान सहित जम्मा २ लाख ३७ हजार ९ सय ५० रुपैंया बराबरको भन्सार छलेर ल्याइएको सामान बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले जानकारी दिए।

नं. ३५ गण हेड क्वाटर शैलेश्वरी बाट सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन विष्ट र बोर्डर आउट पोस्ट बेलौरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक राजेन्द्र प्रसाद भट्टको कमान्डमा खटी गएको मोबाइल गस्ती टोलीले उक्त सामान बरामद गरेको हो । बरामद गरिएको सामान भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।  

प्रकाशित:
2020/12/11, 7:13