धनगढीमा उपचाररत थप १ जना कोरोना सङ्क्रमितको मृत्यु

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना कोरोना सङ्क्रमितको गए राती मृत्यु भएको छ। मंसिर २४ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको गए राति मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनी निमोनियाबाट समेत ग्रसित थिए ।  उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । 

यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । 

 

प्रकाशित:
2020/12/11, 7:26