बझाङमा बसको ठक्करबाट बालिकाको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

बझाङ–बझाङको  बित्थडचिर गाउँपालिकामा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ।

बिहीबार बेलुका करिब ६ बजे  बझाङबाट महेन्द्रनगर तर्फ आउँदै गरेको ना ६ ख १७९५ नम्बरको बसले ठक्कर दिँदा २ बर्सिया बालिका दीपिका विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

ठक्करबाट गम्भीर  घाइते भएकी बालिकाको उपचारका लागि स्वास्थ्य अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

चालक दीपक बोहरा प्रहरीले पक्राउ गरेको जनाएको छ । 

प्रकाशित:
2020/12/11, 7:33