सुदूरपश्चिम प्रदेशसभा सदस्यद्वारा दिनेश खबरका संवाददाता लाई कुटपिट गर्ने धम्की

naryan
दिनेशखबरका संवाददाता नारायण अवस्थी
सुदूर प्रेस संवाददाता

धनगढी–कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (क)  बाट निर्वाचित नेकपाका सुदूरपश्चिम प्रदेशसभा सदस्य नेपालु  चौधरी र उनका सहयोगी रामचन्द्र चौधरीले दिनेशखबरका संवाददाता नारायण अवस्थीलाई  टेलिफोन गर्दै कुटपिट गर्ने धम्की दिएका छन् ।

प्रदेशसभा सदस्य नेपालु चौधरीको पूर्वाधार विकास कार्यक्रममा भएका बेतिथिबारे जनगुनासा समेटिएको समाचार लेखेपछि  संवाददाता अवस्थीलाई  शुक्रबार अपराह्न टेलिफोन गरेर गालीगलौच गर्दै कुटपिट गर्ने धम्की दिएका हुन् । 

 नेकपा धनगढी नगर कमिटि सचिवालय सदस्य समेत बताउने रामचन्द्र चौधरीले  टेलिफोन गरी अपशब्द प्रयोग गर्दै धम्की दिएको अवस्थीले बताए ।  

त्यस्तै प्रदेशसभा सदस्य चौधरीलाई आफूलाई दिइएको धम्कीबारे जानकारी गराउन खोज्दा उल्टै गलत समाचार लेखेको भन्दै पत्रकारलाई कुटनु जायज भएको अवस्थीले बताए । 

उनले पत्रकार कस्ता हुन्छन् भनी आफूले पनि चिनेको र पत्रकारले आफूले भनेअनुसार समाचार नलेखेको भन्दै धम्क्याएका हुन्। 

मंसिर २४ गते प्रदेश सभा सदस्य नेपालु चौधरीको पूर्वाधार विकास कार्यक्रम अन्तरगत कार्यान्वयन भएका योजनामा काम नगरी भुक्तानी दिएको बारेमा दिनेश एफएमबाट समाचार प्रशारण भएको थियो। 

मंसिर २५ गते कैलालीका सांसद चौधरीको क्षेत्रमा मनपरी कागजमा काम देखाएर भुक्तानी दिएको आरोप शिर्षकको समाचार दिनेशखबरमा समेत प्रकाशित भएको थियो। 

प्रकाशित:
2020/12/11, 9:06