देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली, पहाडी भूभागका केही ठाउँमा पानी पर्ने

wether
सुदूर प्रेस संवाददाता

धनगढी–आज पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका क्षेत्रमा बिहानैदेखि हुस्सु लाग्न सुरु भएकाले सडक र हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले बताएका छन् । हुस्सु लागेको समयमा दुर्घटनाको जोखिम धेरै हुने भएकाले विशेष सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकोले देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ ।

आज दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का पानी पर्ने र प्रदेश १ को पहाडी भूभागका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै आज राति प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ का केही पहाडी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।

प्रकाशित:
2020/12/12, 8:41