धनगढीमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा उपचाररत एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–१ का ७५ वर्षीय महिलाको आज बिहान पौने ९ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

उनलाई  मंसिर २१ गते देखि भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनी कडा खालको निमोनिया बाट समेत ग्रसित थिए । 

प्रकाशित:
2020/12/13, 10:32