सुदूरपश्चिममा थप ६९ जनामा कोरोना पुष्टि,सङ्क्रमितको सङ्ख्या १२ हजार नाघ्यो

२ हजार ३ सय २५ जना सक्रिय सङ्क्रमित
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा आइतबार थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बझाङ प्रयोगशाला र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनाको परीक्षण गर्दा थप ६९ जनामा सङ्क्रमण पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९ जनाको नमुना परीक्षण गर्दा ४१ जना, कमल बजार नगरपालिकाको प्रयोगशालामा ९४ जनाको नमुना परीक्षण गर्दा १५ जना, डडेलधुरा अस्पताल प्रयोगशालामा २४ जनाको नमुना परीक्षण गर्दा ६ जना र जिल्ला अस्पताल बझाङमा ४० जनाको नमुना परीक्षण गर्दा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

धनगढी उप–महानगरपालिकाका थप २१ जनामा सङ्क्रमण देखिएको छ । 

कैलालीकै गौरीगंगा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना र टीकापुर नगरपालिकाका १ जनामा सङ्क्रमण देखिएको छ।

यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका ४ जना, शुक्लाफाँटा नगरपालिकाका र कृष्णपुर नगरपालिकाका २र२ जना र बेलौली नगरपालिकाका १ जनामा समेत सङ्क्रमण पुष्टि भएको छ। 

त्यसै गरी डोटीका ५ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ३ सय ७८ पुगेको छ। प्रदेशभर सङ्क्रमण पुष्टि भएका १० हजार ७ जना सङ्क्रमण मुक्त भएका छन् । २ हजार ३ सय २५ जना सक्रिय सङ्क्रमित छन् ।  प्रदेशमा ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । 

नेपालमा  थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

यस्तै नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ३० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।


नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १५ सय जना डिस्चार्ज भएको जानकारी दिए । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख ३१ हजार ४१ भएको छ । २४ घण्टामा ५ हजार १ सय ८१ पीसीआर परीक्षण भएको छ । देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।

प्रकाशित:
2020/12/13, 8:19