भागेर भारत तर्फ जाँदै गरेका युवा–युवती धनगढीको त्रिनगर नाकामा समातिए

bhagauda
सुदूर प्रेस संवाददाता

धनगढी– प्रेम सम्बन्ध पछि भागेर भारत तर्फ जाँदै गरेका युवा–युवती लाई धनगढीको त्रिनगर–गौरीफन्टा सीमा नाका बाट प्रहरीले उद्धार गरेको छ । 

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर १ का १७ वर्षीया गीता नेपाली र सोही ठाउँका अर्जुन विकलाइ हिजो अबेर साँझ सिमानाकामा खटिएको सशस्त्र प्रहरीले उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए । उनहिरुले प्रेम सम्बन्ध पछि आफूहरू भागी विवाह गरेर भारत जान लागेको बताएका छन् । 

पछिल्लो समय यो नाकाबाट युवायुवतीहरू प्रेम गर्ने अनि भागेर भारत तर्फ जाने क्रम बढेको प्रहरीले जनाएको छ ।

नाकामा प्रहरीले रोक्ने डरले यसरी जानेहरू  बेलकी ७ बजे पछि मात्रै भारत तर्फ जाने गरेको  प्रहरीले जनाएको छ । यसरी जाँदा जोखिम हुन सक्ने भएपछि प्रहरीले सिमानाकामा कडाइ गरेको छ । 

प्रकाशित:
2020/12/14, 9:25