रकम लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने धनगढीका युवक पक्राउ

सुदूर प्रेस संवाददाता

धनगढी– रकम लिएर भारतीय नागरिकलाई नेपाल प्रवेश गराउने धनगढीका एक युवक लाई प्रहरीले  पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी नायव निरीक्षक बिरेन्द्रसिँह भण्डारीको नेतृत्वमा खटिएको टोलीले धनगढी उप–महानगरपालिका–३ का १९ वर्षीय शैलेश अवस्थीलाइ आइतबार बेलुका पक्राउ गरेको हो । 

 भारतको मिजनौर धामपुरका २५ वर्षीय मोहम्मद आसिकलाई गौरीफन्टा सीमा क्षेत्रको तारबारबाट नेपाल प्रवेश गराउँदै गरेको समयमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।  अवस्थीलाइ प्रहरी चौकी पचकडियामा बुझाइएको छ भने भारतीय नागरिकलाई भारतीय सीमा सुरक्षा बलको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/12/14, 9:38