धनगढीमा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ५३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा सोमबार १९७ नमुना परीक्षण गर्दा कैलालीका ४३ सहित सुदूरपश्चिमका ५३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । आज धनगढी उप–महानगरपालिकाका थप ४१ जनामा सङ्क्रमण देखिएको छ । 

 गोदावरी नगरपालिकाका २ जना, कञ्चनपुरको बेलौरी नगरपालिकाका ४ जना, भीमदत्त नगरपालिकाका २ जना, त्यसै गरी शुक्लाफाँटा नगरपालिका र बेलडाडी गाउँपालिकाका १ र १ जनामा समेत संक्रमण पुष्टि भएको छ।

बझाङ र बाजुराका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ । 

No photo description available.

 

प्रकाशित:
2020/12/14, 4:10