अछाममा टिपर दुर्घटना हुँदा कैलालीका १ जनाको मृत्यु,२ जना घाइते

Accident
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

अछाम–अछाममा टिपर दुर्घटना हुँदा एक कैलालीका एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि कैलालीको कैलारी गाँउपालकिाका २५ वर्षीय प्रकाश चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा परि अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा डम्बर साउद र योगेश कठायत रहेका छन् ।

दुवै जनाको बयल पाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

मंगलबार बेलुकी गैरिटाँडबाट विनायक तर्फ गरिरहेको से १ क ७५४ नम्बरको टिपर मध्ये पहाडी राजमार्ग अन्तरगत  पन्च देवल विनायक नगरपालिका कीर्तिपुरमा दुर्घटना भएको हो ।

टिपर सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित:
2020/12/16, 6:56