धनगढीमा गरिएको परीक्षणमा थप ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज ३९५ नमुना परीक्षण गर्दा कैलालीका ३५ र कञ्चनपुरका ३२ सहित ७१ जनामा सङ्क्रमण पुष्टि भएको 

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । धनगढी उप–महानगरपालिकाका थप २० जनामा सङ्क्रमण देखिएको छ । 

 गोदावरी नगरपालिकाका ४ जना, यस्तै टीकापुर नगरपालिका, मोहन्याल गाउँपालिका र जानकी गाउँपालिकाका ३र३ जना, गौरीगंगा नगरपालिका र लम्किचुहा नगरपालिकाका १र१ जनामा सङ्क्रमण पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १७ जना, दोधारा चाँदनी नगरपालिकाका ७ जना, बेदकोट नगरपालिकाका ४ जना, यस्तै पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकाका २र२ जनामा सङ्क्रमण देखिएको छ। 

बैतडीका ३ जना र डोटीका १ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

No photo description available.

प्रकाशित:
2020/12/16, 4:15