धनगढीमा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी– धनगढीमा गरिएको परीक्षणमा आज थप ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहीबार ४०८ नमुना परीक्षण गर्दा कैलालीका ३१सहित ५७ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । आज धनगढी उप–महानगरपालिकाका थप १२ जनामा सङ्क्रमण देखिएको छ । 

भजनी नगरपालिकाका ५ जना, यस्तै गोदावरी नगरपालिका, कैलारी गाउँपालिका र जानकी गाउँपालिकाका २र२ जना, टीकापुर नगरपालिकाका १ जना र कैलालीकै ठेगाना नखुलेका ७ जनामा सङ्क्रमण पुष्टि भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, बेदकोट नगरपालिकाका २ जना, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाका १र१ जना, यस्तै कञ्चनपुरकै ठेगाना नखुलेका ३ जनामा पनि सङ्क्रमण देखिएको छ। 

यसै गरी बाजुराको बडी मालिका नगरपालिकाका १४ जना र दार्चुलाका १ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

प्रकाशित:
2020/12/17, 5:47