धनगढी– लागु औषध खैरो हिरोइनसहित कैलालीको टिकापुरबाट २ जना लाई प्रहरीले पक्राउ गरेको छ।
टीकापुर नगरपालिका–७ स्थित सोनाहा फाँटा क्षेत्रबाट ६ ग्राम खैरो हिरोइन सहित गौरीगंगा नगरपालिका–९ भैसासुरका २२ वर्षीय विवश बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
यस्तै टीकापुर नगरपालिका– ८ खक्रौलामा २० ग्राम लागु औषध खैरो हिरोइनसहित भारतको उत्तर प्रदेश जिल्ला लखिमपुर खिरी सुरत नगर ग्राम पञ्चायत ईन्द्रनगरका ३३ वर्षीय जसपाल सिंहलाई पक्राउ गरिएको उनले बताए ।
उनको साथबाट १ थान लागु औषध नापतौल गर्ने डिजिटल तराजु समेत बरामद भएको विष्टले बताए ।
दुवै जना माथि लागु औषध ऐन अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ।