वन प्राविधिक सङ्घ कञ्चनपुरको अध्यक्षमा सहायक वन अधिकृत दिनेश कुमार यादव चयन

dinesh
दिनेश कुमार यादव
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–नेपाल वन प्राविधिक सङ्घ कञ्चनपुरको भेला सहायक वन अधिकृत दिनेश कुमार यादवको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति चयन गर्दै शनिवार सम्पन्न भएको छ । 

कञ्चनपुर स्थित बाँणी सव डिभिजन वन कार्यालय परिसरमा सम्पन्न भेलाले कुण्डा सव  डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख एवं सहायक वन अधिकृत यादवको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमितिको गठन गरेको हो ।

समितिको उपाध्यक्ष,सचिव,कोषाध्यक्षमा क्रमशः महेश्वरी भट्ट, शिवराज अवस्थी र नवीन सिंह चयन भएका छन् । 

त्यसै गरी सदस्यहरूमा प्रकाश जोशी,करुणा जोशी,दुर्गेश धामी,बाल मुकुन्द भट्ट,जीवन भण्डारी र देवेन्द्र बहादुर चन्द छन् । 

No description available.

ज्येष्ठ सदस्य गोपालदत्त जोशीको अध्यक्षतामा सम्पन्न भएको भेलामा  वन प्राविधिक सङ्घ (नेप्टा) का केन्द्रीय उपाध्यक्ष एवं सुदूरपश्चिम प्रदेशका संयोजक पूर्ण शंकर यादव प्रमुख अतिथि थिए ।

कार्यक्रममा जीवछ यादव, चन्द्र भण्डारी, लोकराज दाहाल,गोविन्द मियाँ अन्सारी लगायतको  सहभागिता थियो । 

 

प्रकाशित:
2020/12/19, 10:46