कञ्चनपुरको भीमदत्त नगरपालिकाका शैक्षिक संस्था आज देखि बन्द

school
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिकाका सबै शैक्षिक संस्थाहरु आज देखि बन्द भएका छन् । अत्यधिक चिसोसँगै कोरोना प्रकोपको जोखिमसमेत बढेकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । 

शुक्रबार बसेको नगर शिक्षा समितिले विद्यालयलगायत नगर क्षेत्रमा रहेका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए । ‘अर्को सूचना जारी नभएसम्मका लागि नगरपालिकाका सबै विद्यालयहरु बन्द गरिएका छन्,’ उनले भने, ‘पछिल्लो समय समुदायस्तरमा बढ्दो संक्रमण र चिसोका कारण विद्यालय बन्द गरिएका हुन् ।’

उनका अनुसार दुई र तीन दिनयता ४ जना शिक्षकमा संक्रमण देखिएपछि सम्बन्धित विद्यालयहरु बन्द भइसकेका छन् । भीमदत्त नगरपालिकामा निजी र सामुदायिक गरी १२६ विद्यालय छन् ।

मंसिर तेस्रो सातादेखि यहाँ पठनपाठन सुरु भएको थियो ।

प्रकाशित:
2020/12/20, 6:41