यो वर्ष वाणिज्य बैंकको लाभांशमा गिरावट : लाभांश खुम्चिएपछि सेयर खरिदकर्ता निराश

Bank
सुदूर प्रेस संवाददाता

काठमाण्डाै - यो वर्ष वाणिज्य बैंकको लाभांशमा गिरावट आएको छ । कोभिड–१९ को असरले गएकाे वर्षको तुलनामा वाणिज्य बैंकको लाभांश खुम्चिएको हो ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गर्ने २० वटा बैंकको लाभांश गएकाे वर्षभन्दा कम भएको हो । वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गएकाे वर्षभन्दा निकै कम भएपछि सेयर खरिदकर्तालाई निराश बनाएको छ । अहिलेसम्म घोषित लाभांशमध्ये एनआईसी एसिया र हिमालयन बैंककाे सबैभन्दा बढी अर्थात् २० प्रतिशत लाभांश छ ।

गएकाे वर्ष एनआईसी एसिया बैंकले २१ दशमलव ५ प्रतिशत र हिमालयन बैंकले २२ प्रतिशत लाभांश दिएका थिए । नबिल, एनएमबी, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट, नेपाल क्रेडिट एन्ड कमर्स एनसीसी र सिभिल बैंकले लाभांश घोषणा गर्न बाँकी छ ।

कृषि विकास बैंकले गएकाे वर्ष ६ प्रतिशत बोनस र २४ प्रतिशत नगद गरी ३० प्रतिशत लाभांश दिएको थियो । यो वर्ष भने १५ दशमलव ७९ प्रतिशतमै खुम्चिएको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २० वटा बैंकले गएकाे वर्षभन्दा कम लाभांश दिने घोषणा गरेका छन् ।

प्रकाशित:
2020/12/20, 7:31