विश्वभरि क्रिसमसको रौनक : भारतदेखि युरोपसम्मका तस्वीर

krishmas
सुदूर प्रेस संवाददाता

बीबीसी–विश्वभरिका ईसाइ धर्मावलम्बीहरूले आफ्नो ठूलो चाड क्रिसमस मनाइरहेका छन्। तर कोरोनाभाइरस महामारीका कारण यो वर्ष प्रार्थना लगायत क्रिसमससम्बन्धी कार्यक्रममा कम मानिसले सहभागिता जनाइरहेका छन्। सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कुरा अहिले अनिवार्यजस्तै भएको छ।

पोप फ्रान्सिस

 

भ्याटिकनस्थित सेन्ट पिटर्स बासिलिकामा पोप फ्रान्सिसले क्रिसमसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको नेतृत्व गरेका छन् तर यो वर्ष सहभागीको सङ्ख्यामा व्यापक कमी देखिएको छ

पोप फ्रान्सिस

 

पोप फ्रान्सिसले क्रिसमस आफ्नो लागि दुःखी महसुस गर्नका लागि नभई अरूलाई सहज महसुस गराउनका लागि भएको बताए

कार्यक्रम

 

मध्यरातिमा हुने परम्परागत सामूहिक कार्यक्रम कर्फ्युका कारण एक घण्टा पहिल्यै शुरू गरिएको थियो र करिब सयजना सहभागी थिए

नयाँ दिल्ली

 

भारतको राजधानी दिल्लीस्थित सेक्रेड हर्ट कथिड्रलको प्रवेदद्वार अगाडि बच्चाहरूले मैनबत्ती बालेका छन्

कराची

 

पाकिस्तानको कराचीस्थित सेन्ट एन्ड्रूय गिर्जाघरमा महिलाहरूले चुपचाप प्रार्थना गरेका छन्

वुडेन्ड, नोर्थएम्पटनशर

 

यूकेको वुडेन्ड, नोर्थएम्पटनशरका बासिन्दाहरूले क्रिसमसका अवसरमा घर सजाएका छन्

इराक

 

इराकको राजधानी बगदादस्थित भर्जिन मेरी गिर्जाघरमा भेला भई मानिसहरूले प्रार्थना गरेका छन्

स्पेनमा

र, स्पेनको सान्टिआगो डे कम्पोस्टेलामा ज्येष्ठ नागरिकहरूको चाडबाडको खुशी देखियो

प्रकाशित:
2020/12/25, 9:00