प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

hospital
सुदूर प्रेस संवाददाता

काठमाडौँ – नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार बिहान करिब ११ बजे उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो । दाहाललाई अस्पताल भर्ना गरिएको जानकारी उनकी छोरी गंगाले सामाजिक सञ्‍जालमार्फत गराएकी हुन् ।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रकाशित:
2020/12/30, 6:08