टिप्परको ठक्करबाट गएराति दुई जना पैदल यात्रीको मृत्यु

tipper
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिका वडा नम्बर १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको ज्यान गएको छ । 


गएराति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको ज्यान गएको हो । 

ज्यान गुमाउनेहरुमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्रहरीले जनाएको छ । दुवै जनाको घटनास्थलमै ज्यान गएको हो । 

टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रकाशित:
2020/12/31, 7:20