अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

new year
सुदूर प्रेस संवाददाता

धनगढी–आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु भएको छ ।

जिसस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतकाे सुरुवात भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष पनि भनिन्छ ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्छ।

प्रकाशित:
2021/01/01, 8:45