२४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षणमा ४२६ कोरोना पुष्टि, ८ को मृत्यु

Corona Update

धनगढी–पछिल्लो २४ घण्टामा देशभर ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १५३ जना महिला र २७३ जना पुरुष रहेका छन् ।

२४ घण्टामा ५ हजार २२५ पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३७ हजार ७०२ पीसीआर परीक्षण भएका छन् । यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ४८ छ भने क्वारेन्टाइनमा ३६७ जना रहेका छन् ।

त्यसैगरी २४ घण्टामा ७४८ जना निको भइ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ५३ हजार १०७ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ र हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८६४ रहेको छ ।

प्रकाशित:
2021/01/01, 5:04