मेरो समाज र देश !

Dr hemraj
डा. हेम राज पनेरु

मेरो समाज र देश !

अनजान, अन्धो बस्तीमा

उज्यालो उन्मुख पाइलाहरू 

खाल्डोमा परिरहेछन् 

नउम्किने गरी।

गरिब गुरुवाहरूका 

रसाएका आँखा

पुछिन नपाउँदै 

बज्र प्रहार भई रहेछन् 

ब्युँतिन नदिने गरी।

विश्वास र आश्वासन 

आश्वासन अनि धोका

धोका अनि आर्तनाद, 

ती गरिब गुरूवाहरूको दुर्भाग्य! 

वैचारिक द्वन्द्वको कुनै अर्थ नरहने समाजमा 

रगताम्य आला घाउहरूले 

मलम पट्टी नपाउँदै 

अर्को प्रहार भइरहेको छ

रगत नरोकिने गरी।

विकृत राजनीति

अस्थिर सरकार

आर्थिक रूपान्तरणको नारा

नाङ्गो नाच नाचिरहेका अगुवा

जनता सबै बेसहारा।

यस्तै छ 

मेरो समाज र देशको दशा।

डा. हेम राज पनेरु

उप-प्राध्यापक एवं इन्टेन्सिभिस्ट (आइसियु फिजिसियन), त्रि. वि. शिक्षण अस्पताल काठमाडौँ

प्रकाशित:
2021/01/02, 8:19