भारतको दिल्ली लैजाँदै गरिएका ४ महिलाको कञ्चनपुरको गड्डाचौकी नाकाबाट उद्धार

uddar
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतको दिल्ली लैजाँदै गरिएका ४ महिलाको प्रहरीले उद्धार गरेको छ । 

नाकामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीको समूहले उनीहरूको उद्धार गरेको हो। 

झापाको दमक नगरपालिका वडा नम्बर ७ की २८ बर्सिया रोशनी घिमिरेले उनीहरूलाई भारतको दिल्ली लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको  सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए। ।  उद्धार गरिएकी महिलाहरुमा सोही वडाकी १८ बर्सिया मातृका घिमिरे, २३ बर्सिया रोजिना घिमिरे, २७ बर्सिया सुदिपा मिश्र र मकवानपुरको  हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ की २१ बर्सिया सुमिता स्याङताङ रहेका छन्।

पछिल्लो समय कैलाली कञ्चनपुरका नाकामा प्रहरी सक्रिय भएसङै यसरी भारत जानेहरु धमाधम समातिन थालेका हुन । 

 

प्रकाशित:
2021/01/04, 6:37