सुदूरपश्चिम सहित देशका केही ठाउँमा आज पानी पर्ने सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना
weather update
सुदूर प्रेस संवाददाता

धनगढी–पश्चिमी वायुको प्रभावले अहिले मुलुकभर सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार सोमबार दिउँसो र राति देशका केही भागमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपात र पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकोको पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन पनि विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्तै विभागले बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही कमी आउने भएकाले चिसो बढ्ने सम्भावना रहेकाले यसबाट जोगिन सबैलाई अनुरोध गरेको छ ।

गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहनुहुन सबैमा अनुरोध छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

पुस २० गते (सोमबार)

दिउँसो : देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागहरुका केही स्थानहरु तथा लुम्बिनी, वाग्मती र प्रदेश न. १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केही स्थानहरु तथा लुम्बिनी, वाग्मती र प्रदेश नम्बर १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २१ गते (मंगलबार)

दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरु तथा वाग्मती र प्रदेश नम्बर १ को भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही सुदूर पश्चिम , कर्णाली, गण्डकी , वाग्मती प्रदेश तथा प्रदेश नम्बर १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातका साथै सूदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

पुस २२ गते (बुधबार)

दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरुमा आन्शिक बदली रहने छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित:
2021/01/04, 10:00