कञ्चनपुरमा डेढ लाख बढिको अवैध काठ र सामान बरामद

taskari
सुदूर प्रेस संवाददाता

धनगढी–अवैध काठसहित कञ्चनपुरबाट  सशस्त्र प्रहरीले डेढ लाख बढिको सामान बरामद गरेको छ। २० क्युफिट सिसौको काठ, माछा र यमाहा मोटरसाइकल गरी १ लाख ७० हजार बराबरको अवैध सामान बरामद गरिएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर ऐरले बताए । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक त्रिभुवन विष्टको नेतृत्वमा खटिएको टोलीले लाल झाडी गाउँपालिकाको चानदेव र बिओपि ब्रह्मदेवबाट सशस्त्र प्रहरी निरीक्षक निरक बहादुर शाही नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो। 

 

 

प्रकाशित:
2021/01/06, 8:14