सुदूरपश्चिमका अर्थमन्त्री बोहरा राजीनामा बुझाएर लागे ओली समूह तर्फ

jhapat vohara
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन्।

बोहराले बुधबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा बुझाएर आफू ओली समूहमा रहेको घोषणा गरेका छन्। बोहरा २०७४ सालमा भएको निर्वाचनमा अछाम क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट पूर्व माओवादीका तर्फबाट  निर्वाचित भएका थिए। ओली समूहमा लागेका भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहोरालाई हालै मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका थिए । बोहोरालाई हटाएका थिएनन् । बुधबार ओली समूहका ७ प्रदेशसभा सदस्यसहित पत्रकार सम्मेलन गर्दै बोहोराले दृढ इच्छाशक्ति र प्रयत्नका बाबजुद काम गर्न कठिनाई भएकाले मन्त्रीमा बस्नु जनमतको अपमान हुने ठानेर राजीनामा दिएको बताए ।

बोहरा ओली समूहमा लागेपछि सुदूरपश्चिम प्रदेश सभाको सो समूहमा ७ जना प्रदेश सभा सदस्य पुगेका छन्। प्रचण्ड नेपाल पक्षमा भने ३० जना छन्।

प्रकाशित:
2021/01/06, 9:01