धनगढीमा बृहत् रक्तदान,५२ जनाले दिए रगत

ragat
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा शनिवार  बृहत् रक्तदान कार्यक्रम  गरिएको छ ।

धनगढी उप–महानगरपालिका वडा नं. १३ को कार्यालय र विपद्  व्यवस्थापनका निम्ति रेडक्रस अगुवा कार्यकर्ताको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो । सो अवसरमा ५२ जनाले रक्तदान गरेका थिए ।

कोभिड महामारीका बिच देखिएको रगत अभाव कम गर्न कार्यक्रम गरिएको वडा अध्यक्ष विजयराज जोशीले बताए ।

आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने जोशीले बताए ।

पछिल्लो समय वडा नम्बर १३ को कार्यालयले विकास निर्माणका अलावा परोपकारी काम पनि गर्दै आएकोमा वडा बासिले खुसी व्यक्त गरेका छन् ।  

Image may contain: 1 person, sitting, shoes, hat and outdoor

Image may contain: one or more people, people sitting, shoes and outdoor

 

प्रकाशित:
2021/01/09, 8:09