धनगढी–नेपालकै प्रसिद्ध तीर्थ स्थल कैलालीको गोदावरी धाममा यस वर्षको माघीमा 'बाह्र राशि दर्शन मकर मेला' नहुने भएको छ । कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गरी यस बर्षको कार्यक्रम स्थगित गरिएको गोदावरी धाम विकास समितिका अध्यक्ष पद्मराज जोशीले जानकारी दिनुभयो । मकर मेला नभए पनि पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म भने गरिने जोशीले बताउनुभयो ।
फाइल तस्बिर