धनगढीमा थप एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु

death
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा थप एक कोरोना भाइरसका सङ्क्रमितको मृत्यु भएको छ । धनगढी– ३ मिलन चोकका ८० वर्षीय वृद्धको सोमबार उपचारका क्रममा कोभिड अस्थायी अस्पतालमा क्रममा  सोमबार मृत्यु सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । उनी कडा निमोनिया र श्वास प्रश्वासबाट ग्रसित थिए ।  

उनको गोदावरी  आर्यघाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ । 

तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबल सिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले धार्मिक परम्परा बमोजिम शव अन्त्येष्टि गरेको हो । 

प्रकाशित:
2021/01/11, 7:20