बाक्लो हुस्सुले जनजीवन कष्टकर

तराईमा बिहानपख बाक्लो हुस्सु लाग्ने क्रम शुक्रबारसम्म रहने
hussu
सुदूर प्रेस संवाददाता

धनगढी–तराईमा आउँदो शुक्रबारसम्म बिहानको बेला बाक्लो हुस्सु लाग्ने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

पूर्वदेखि पश्चिम तराईका धेरै ठाउँमा अस्ति सोमबारदेखि बाक्लो हुस्सु लाग्न थालेको हो । धनगढीमा पनि तिन दिन यता चिसो वढेको छ । बाक्लो हुस्सु र शितलहरका कारण  जनजिबन कष्टकर बनेको हो ।  बिहान अबेरसम्म बाक्लो हुस्सु लाग्ने र बेलुकीपख हटेर जाने क्रम आउँदो शुक्रबारसम्म कायम रहने मौसमविद वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो र अस्ति तराईका विभिन्न ठाउँमा यस वर्षकै बाक्लो हुस्सु लागेको हो । आज पनि धेरै ठाउँमा बिहानैदेखि हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतका कारण तराईको जनजीवन कष्टकर बन्दै गएको छ ।

बिहान अबेरसम्म घर बाहिर निस्कन नसक्दा दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउनेलाई समस्या भएको छ । चिसोले बालबालिका र वृद्धवृद्धालाई बढी असर गरेको छ । हुस्सु र शितका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान डाक्टरले सल्लाह दिएका छन् ।

 

प्रकाशित:
2021/01/13, 8:42