गोदावरी धाममा बिहानै देखि माघ स्नान गर्ने भक्तजनको घुइँचो

godawari dham
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–माघी पर्वका अवसरमा स्नान गर्ने हरुको विभिन्न नदी तथा जलाशयमा बिहानै देखि घुइँचो लागेको छ । नेपालकै प्रसिद्ध तीर्थ स्थल कैलालीको गोदावरी धाममा बिहानै देखि भक्तजनको घुइँचो छ । स्नान र पुजा अर्चना गर्नका लागी बिहानै देखि भक्तजनहरू गोदावरी पुगेका छन् । विगतका वर्षहरूमा भव्य मेला लाग्ने गरेको भए पनि यसबर्ष कोरोना महामारीका कारण  यस वर्षको माघीमा  बाह्र राशि दर्शन मकर मेला स्थगित गरिएको छ ।  कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गरी यस वर्षको कार्यक्रम स्थगित गरिएको गोदावरी धाम विकास समितिका अध्यक्ष पद्मराज जोशीले जानकारी दिनुभयो । मकर मेला नभए पनि पूजा पाठ यज्ञ अनुष्ठान लगायतका नित्यकर्म भने भइरहेको जोशीले जानकारी दिनुभयो । 

प्रकाशित:
2021/01/14, 8:38