धनगढीको मनहेरामा कलभर्ट निर्माणका लागी खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

धनगढी– हुलाकी सडकखण्ड अन्तरगत धनगढी उप–महानगरपालिकाको मनहेरामा कलभर्ट निर्माणका लागी खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ । खाल्डोको एउटा छेउमा मोटरसाइकल र अर्को छेउमा उनको शव भेटिएको छ । उनको परिचय भने खुलेको छैन । घटनास्थल प्रकृति हेर्दा राती मोटरसाइकल खाल्डोमा खसेर मृत्यु भएको हुनसक्ने देखिएको प्रहरी निरीक्षक हिक्मत थापाले बताए । प्रहरीले घटनाको अनुसन्धान थालेको छ । उनको शव पोष्टमार्टुमका लागी अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

 

प्रकाशित:
2021/01/14, 9:05