धनगढीमा मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा मोटरसाइकल दुर्घटनामा परि एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

हुलाकी सडक खण्ड अन्तरगत धनगढी उप महानगरपालिकाको मनहेरामा कलभर्ट निर्माणका लागी खनिएको खाल्डोमा मोटरसाइकल खस्दा कैलाली कारागारमा कार्यरत २७ वर्षीय जीवन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

मृतक चौधरी गौरीगंगाको भैंसासुरका बासिन्दा हुन । घटना राती भएको हुनसक्ने प्रहरीको भनाइ छ । 

 

प्रकाशित:
2021/01/14, 11:19