संसद् विघटन विरुद्ध कांग्रेशले आज धनगढीमा बृहत् मोटर साइकल र्‍याली तथा विरोध सभा गर्दै

neka
सुदूर प्रेस संवाददाता

धनगढी–संसद् विघटनको असंबैधानकि कदम विरुद्ध नेपाली कांग्रेशले आज धनगढी लगायत देशभरका गाउँ,नगर र उप–महानगरपालिकामा विरोध प्रदर्शन गर्ने भएको छ । पूर्व निर्धारित कार्यक्रम अनुसार कांग्रेशले देशभरका ७५३ वटा गाउँ–नगरमा विरोधका कार्यक्रम गर्न लागेको हो । 

Image may contain: 1 person, text

धनगढी उपमहानगरपालिकामा पनि कांग्रेशले दिउसो १२ बजे देखि आज  बृहत् मोटर साइकल र्‍याली तथा विरोध सभा आयोजना गरेको छ । 

धनगढी उपमहानगरपालिकाको राजपुरचोक देखि क्याम्पस चोक जे गाउँ फूलबारी देखि क्याम्पस चोक सम्म  हुने बृहत् मोटर साइकल र्‍याली तथा विरोध सभा गरिने नेपाली काँग्रेस धनगढी उपमहानगरका नगर सचिव  यज्ञराज उपाध्यायले जानकारी दिए । 

प्रकाशित:
2021/01/16, 7:12