विप्लव पार्टीले गरेको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित

banda
फाइल तस्बिर

धनगढी–विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण सुदूरपश्चिमको जनजीवन आज बिहानै देखि प्रभावित भएको छ । बन्दका कारण धनगढीबाट गुडने लामो तथा छोटो दुरीका सवारी साधन गुडन सकेका छैनन् । बजार पनि बन्द छ । बन्दका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै हिजो देखिनै सुरक्षा व्यवस्था कडा पारिएको छ । 

सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै सो पार्टीले आज नेपाल बन्दको घोषणा गरेको जनाएको छ । 

विप्लवले पुष २९ गते पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला कञ्चन र ब्युरो सदस्य विवेकलगायत नेता कार्यकर्तालाई बिना कारण पक्राउ गरेको बताएको छ । 

प्रकाशित:
2021/01/23, 8:27