कैलालीमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

Accident
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा  ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा शनिबार राति ११ बजे  पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व गइरहेको म १ त ५४२ नम्बरको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा ९१ प ४०४ नम्बरको मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार घोडाघोडी नगरपालिका १० का २३ वर्षीय  गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढा रहेका छन्।


दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको स्थानीय घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

ट्याक्टर चालक घोडाघोडी नगरपालिका ५ का २१ वर्षीय रामसिंह चौधरी प्रहरीको नियन्त्रणमा छन् ।

प्रकाशित:
2021/01/31, 11:04