सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढ्यो

Gold
सुदूर प्रेस संवाददाता

 धनगढी–सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।  सुन आज तोलामा ९२ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो । 

अस्तिभन्दा हिजो तोलामा १ सय रुपैयाँ बढेर सुनको भाउ हिजो तोलाको ९२ हजार १ सय रुपैयाँ  निर्धारण गरिएको थियो । चाँदीको भाउ पनि बढेको छ । 

चाँदीको भाउ आज एकैदिन तोलामा ८० रुपैयाँ बढेर तोलाको १४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

प्रकाशित:
2021/02/01, 12:24