बझाङमा बन्दुकसहित दुई सिकारी पक्राउ

pakrau
सुदूर प्रेस संवाददाता

बझाङ — बझाङमा भरूवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–४ का छविसपाथिभेरा–३ का ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवास रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट एकनाले भरूवा बन्दुक, गोली ७ थान, बारुद, केप, छर्रा, टर्चलाइट र मारिएका जंगली कालिज पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्र सिं कार्कीले जानकारी दिए । स्थानीय टिका सामुदायिक वनमा बुधबार राति १२ बजेतिर बन्दुक पड्केको आवाज सुनिएपछि प्रहरीले प्रहरीचौकी छबिसपाथीभेराबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको डिभिजन वन कार्यालयले अनुसन्धान गरिरहेको र उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको डिभिजन वन अधिकृत कर्णबहादुर खातीले बताए ।

प्रकाशित:
2021/02/04, 7:06