माघ ३० गते सार्वजनिक बिदा

bida
सुदूर प्रेस संवाददाता

धनगढी–सरकारले यही माघ ३० गते सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णयअनुसार साेनाम ल्हाेसारका अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । 

यही शुक्रबार सोनाम ल्होसारको अवसरमा नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ–संस्था र विदेशीमा रहेका नियोगमा बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा मङ्गलवार जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रकाशित:
2021/02/10, 7:28