भारतमा मन्त्रीमाथि नै बम हमला, दर्जनौं घाइते

bam blast
सुदूर प्रेस संवाददाता

एजेन्सी–पश्चिम बंगालका श्रममन्त्री जाकिर हुसैनमाथि बम हमला भएको छ। 

मुर्शिदाबाद जिल्लाको निम्टिटा रेल स्टेशनतर्फ जाँदै जर्दा उनीमाथि बम हमला भएको हो।

बम हमलामा परी घाइते भएका मन्त्री हुसैन र उनका समर्थकहरूलाई उपचारका लागि जांगिपुर उप-विभागीय अस्पतालमा लगिएको बीबीसी हिन्दीमा उल्लेख छ।

समाचारहरूमा जनाइएअनुसार मन्त्री हुसैनको अवस्था गम्भीर छ।

केन्द्रीय मन्त्री पीयूष गोयलले बम हमलाकारीको निन्दा गरेका छन्।

प्रकाशित:
2021/02/18, 10:15