भारतको दुधवा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमण बाट कञ्चनपुरकी महिलाको मृत्यु

मृतक धनादेबी थापा
सुदूर प्रेस संवाददाता

धनगढी–कञ्चनपुर सँग जोडिएको भारतको दुधवा राष्ट्रिय निकुञ्जमा हात्तीको आक्रमणबाट बिहीबार एक महिलाको मृत्यु भएको छ । पुर्नवास नगरपालिका– ९ सिता बस्ती ख गाउँकी ६२ बर्सिया धनादेबी थापाको हात्तीको आक्रमणमा परि मृत्यु भएको कुण्डा सब डिभिजन बन कार्यालयका सहाय बन अधिकृत दिनेश कुमार यादवले बताए । उनी बिहान दाउरा काटन भनी घरबाट निस्किएकी थिइन । उनी सँगै अन्य २ जना पनि थिए । हात्ती देखेपछि सँगै रहेका २ जना भागेका थिए । उनीहरूले दिएको जानकारीका आधारमा खोजी गर्न गएको बन कर्मचारी,जनप्रतिनिधि र प्रहरी टोलीले दिउसो २ बजे शब भेटेको थियो । मृतकको शब बेलुका नेपाल ल्याएर आफन्त लाई बुझाइएको छ । मृतकका श्रीमान् र २ छोरा छन् ।

No description available.

प्रकाशित:
2021/02/25, 10:02