कैलालीको गेटामा यस कारण गरिन युवतीले शिवचरणको हत्या

हत्यामा संलग्न युवति सार्वजनिक
hatyara
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको गोदावरी नगरपालिका– ५ गेटा का स्थानीय व्यापारी शिवचरण रानाको हत्या गरेको अभियोगमा पक्राउ परेकी युवती लाई प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। 

यस्तो छ घटना विवरणः–

जिल्ला प्रहरी कार्यालय कैलाली

मिति २०७७।११।१५ गते बिहान अ. ०४:०० बजे देखि ०५;०० बजेको समयमा जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. ५ गेटी स्थित गेटा आँखा अस्पताल नजिक ऐ.ऐ. बस्ने बर्ष अ. ३५ को छोटु भन्ने शिवचरण रानालाई टाउकोमा धारिलो बस्तुको प्रहारबाट हत्या गरी गेटा देखी श्रीपुर जाने बाटोको निर्माणाधिन नालीको खाल्डोमा लाश फेला परेको घटनाको प्रकृती, मृतक तथा अभियुक्तहरुले प्रयोग गरी आएको फोनको डिटेल्स, वारदात पुर्बको सम्बन्ध, रिसिईबी समेतका तथ्यहरु संकलन तथा बिश्लेषण गर्दा ऐ.ऐ. बस्ने ३७ बर्षिय जयन्ती चौधरी मुख्य योजनाकार रहेको र निजको निर्देशन तथा संलग्नतामा अन्य दुई जना ब्यक्तीहरुले वारदात घटाएको प्रारम्भिक अनुसान्धानबाट देखिन आएको छ ।

घटना र घटनाका अभियुक्त एकिन भएका तथ्यहरु :-

 मृतक छोटु भन्ने शिवचरण राना र अभियुक्त जयन्ती चौधरीको गेटा आँखा अस्पताल अगाडी बिगत लामो समय देखी खोका पसल हुँदा देखी दुई जना बिचको सम्बन्ध नजिक भई आएको ।

 समयक्रम अनुसार निजहरु दुबै बिच सम्बन्ध अनैतिक सम्वन्ध हुदै आएको देखिएको र गाँउ समाजका भद्रभलादिमी बसी छलफल गरी रु २,००,०००।– (दुई लाख) लेनदेन गरी दुबैजना बिच मेलमिलाप भएको ।

 केही समय छोटु भन्ने शिवचरण राना र जयन्ती चौधरी बिचमा कुनै सम्बन्ध नभएको र केहि समय पश्चात पुनःसम्बन्ध बनाई नजिकिएका र यस सम्बन्धमा दुबै पक्ष बिच कहिलेकँही झगडा हुने, एकले अर्काप्रती शंका राख्ने, एकले अर्कालाई बिश्वास गर्छ गर्दैन भनी परीक्षण गर्ने लगायत आर्थिक लेनदेन गर्ने कार्य समेत भई रहेको ।

 मृतक छोटु भन्ने शिवचरण रानाले आफु भन्दा बाहेकका महिलासँग सम्बन्ध राखेको जानकारी जयन्ती चौधरीले पाई विक्षिप्त भई आफु अपमानित भएको, आफुप्रति ईमान्दार नभएको भन्ने बिश्वास लागे पछी अभियुक्त जयन्ती चौधरीमा बदलाको भावना बाट मृतकलाई मार्ने सम्मको सोच आएको ।

 अभियुक्त जयन्ती चौधरीले यस वारदात पुर्ब आफैले वारदात घटाउन प्रयास गरेकीमा आफुबाट काम पुरा हुन नसके पछी आफ्नो आफन्त नाता पर्ने पुरुष ब्यक्तीसँग सम्पर्क गरी योजना बनाई रकम समेत दिएको खुल्न आएको ।

 मृतक आफ्नो पसलबाट घर आउने जाने समय,प्रयोग गर्ने बाटो र सवारी साधनको बारेमा जयन्ती चौधरीले नै घटना संलग्न आफन्त पुरुष ब्यक्तीलाई जानकारी दिएकी ।

 वारदात पुर्व केही समय अगाडी जयन्ती चौधरीको नाता पर्ने निज पुरुष ब्यक्तीले उक्त वारदात घटाउन प्रयास गरेको तर सफल नभएको ।

 मिति २०७७।११।१४ गते जयन्ती चौधरी र निजको नाता पर्ने पुरुष ब्यक्ती बिच टेलिफोन सम्पर्क भई भोलि बिहान मिति २०७७।११।१५ गते जसरी पनि छोटु भन्ने शिवचरण रानालाई मार्नु पर्छ भन्ने योजना बमोजिम जयन्ती चौधरीको योजना तथा निर्देशन बमोजिम ऐ. बिहान अ. ४ बजे देखी ५ बजेको बिचमा वारदात घटाएको ।

 घटनामा संलग्न अन्य फरार अभियुक्तहरुको खोजी कार्य जारी रहेको ।

 

प्रकाशित:
2021/03/04, 6:20