कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

कञ्चनपुर– पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ। 

 कृष्णपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय जनकलाल चौधरीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ । 

शुक्रवार साँझ कञ्चनपुरको कृष्णपुरदेखि अत्तरियातर्फ आउँदै गरेको से७प १४०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका चौधरीको शनिवार बिहान उपचारकै क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

 

 

 

मोटरसाइकल चालक धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का मदन रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित:
2021/03/06, 7:55