दार्चुलामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

Accident
सुदूर प्रेस संवाददाता

दार्चुला – लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार दिउँसो भएको जिप दुर्घटनामा हुँदा ३ जनाको मृत्यु भएको छ । 

उपचारका लागि अस्पताल लैजाँदै गर्दा गाडी धनी पदमराज पन्तको मृत्यु भएसँगै मृतकको संख्या बढेको हो । यसअघि घटनास्थलमै जिप चालक लकम गाउँपालिका ६ का करन नाथ र शैलेशिखर नगरपालिका ८ का गाडी धनीकी आमा सुनादेवी पन्तको मृत्यु थियो ।


चार जना घाइतेहरुलाई उपचारका लागि गोकुलेश्‍वर अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको ग ३ च १६९३ नम्बरको जिप शनिबार दिउँसो दुर्घटना भएको थियो ।


लेकम गाउँपालिका ६ स्थित उचाकोटमा शनिबार दिउँसो जिप दुर्घटना भएको छ । गोकुलेश्वरबाट रिठाचौपाताका लागि छुटेको जिप दुर्घटना हुँदा चालकसहित दुई जनाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा जिप चालक करन नाथ र स्थानीय बुद्धिबल्लव पन्तको मृत्यु भएको हो । गोकुलेश्वरबाट यात्रु लिएर चौपाता जानेक्रममा लेकम गाउँपालिका–६ उचाकोट मन्दिर नजिक जिप दुर्घटना भएको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।

प्रहरी निरीक्षक चन्दका अनुसार अहिले इलाका प्रहरी कार्यालय रिठाचौपताबाट सई लोकन्द्र पुजाराको टोली घटनास्थलमा खटिएको छ । स्थानीय हरिश नाथका अनुसार जिपमा सवार अन्य ५ जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित:
2021/03/06, 7:37