कैलालीको घोडाघोडीमा कारको ठक्करबाट पैदल यात्रीको मृत्यु, एक घाइते

Acciddent
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको घोडाघोडी नगरपालिकामा कारको ठक्करबाट पैदल यात्री करिब १६ वर्षीया पूर्णिमा चौधरीको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी–१० पहलमानपुर स्थित कान्द्रा पुल नजिकै बा १४ च १७२२ को कारले ठक्कर दिँदा सोही ठाउँकी चौधरीको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

कारको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। यस्तै, कारको ठक्करबाट अर्का पैदल यात्री घोडाघोडी–१० का १५ वर्षीय गणेश रावल घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। गाडीे र चालक प्रकाशबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ।

प्रकाशित:
2021/03/12, 10:28