धनगढीको होटेलमा श्रीमान् सँगै बसेकी श्रीमतीको संकासपद मृत्यु

death
मृतका श्रीमान् सँग घटनास्थल बाहिर बयान लिँदै प्रहरी
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढी बिशालनगरको एक होटेलमा श्रीमान् सँगै बसेकी श्रीमतीको संकासपद मृत्यु भएको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका घर भएर हाल भारतको पन्जाबमा बस्दै आएकी अन्दाजी २८ बर्षकी कमला रोकाया धनगढी बिशालनगरमा रहेको सोराइ होटेलमा मृत अवस्थामा फेला परेकी हुन । उनी श्रीमान् सुजन रोकाया सँग चैत १ गते देखि होटेलमा बस्दै आएकी थिइन । सुजन भने फागुन २७ गते बाट नै होटेलमा बसेका हुन । हिजो राती करिब १० बजे दुवै जना बाहिरबाट होटेलमा पुगेका थिए ।  दुवै जनाले होटेलमा केही खाएका थिएनन् । मृतकका श्रीमानले मादक पदार्थ सेवन गरेको बुझिएको छ । राती करिब १ बजे श्रीमतीको मृत्यु पछि उनले होटेलको गेटमा पुगेर सुरक्षा गार्ड लाई खबर गरेका थिए । केही छिन पछि होटेल सञ्चालकले अस्पताल लैजान आग्रह गरे पनि उनले प्रहरी लाई खबर गर्न आग्रह गरेपछि प्रहरी लाई बोलाइएको थियो । उनको घाँटीमा पासो लगाइएको छ । दुवै जना धनगढीमा घडेरी खरिद गर्न धनगढी आएको आफन्तजनको भनाइ छ । मृतकका १ छोरा र १ छोरी छन्।  दुवै जना लाई भारतमा छोडेर उनीहरू नेपाल आएका हुन । प्रहरीले घटना शङ्कास्पद भनेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको शब अहिले पोस्ट मार्टुमका लागी अस्पताल लैजाने तयारी भइरहेको छ । 

प्रकाशित:
2021/03/18, 8:01