धनगढीको प्रशिक्षकमा फुजा

fuja
सुदूर प्रेस संवाददाता

धनगढी–नेपाल सुपर लिग (एनएसएल) खेल्न लागेको धनगढी एफसीले नाइजेरियाली तोपे फुजालाई प्रशिक्षक नियुक्त गरेको छ । क्लबले बिहीबार फुजालाई प्रशिक्षक बनाइएको घोषणा गरेको हो ।

फुजाकै नेतृत्वमा मनाङ मर्स्याङ्दीले २०७५ मा सहिद स्मारक लिग ए डिभिजन जितेको थियो ।


फुजाले सन् २००५ बाट प्रशिक्षण सुरु गरेका थिए । गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढीले धनगढीले यसअघि आफ्नो मार्की खेलाडीका रूपमा विशाल राईलाई नियुक्त गरिसकेको छ ।

धनगढीले जारी गरेको प्रेस विज्ञप्तिमा फुजाले भनेका छन्, ‘नेपालको सुपर लिगको पहिलो संस्करणमा महत्त्वपूर्ण जिम्मेवारी पाउँदा खुसी छु ।’ टिमका व्यवस्थापक दीपेश तिमिल्सिनाका अुनसार फुजा अहिले नाइजेरियामै छन् । उनी दुई सातापछि काठमाडौं आइपुग्नेछन् ।

प्रकाशित:
2021/03/18, 3:49