भागरथीको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिल्यो : प्रहरी

Bhagrathi
सुदूर प्रेस संवाददाता

बैतडी — बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी प्रकरणमा अभियुक्तको डीएनए रिपोर्ट आएको छ । बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको प्रहरीले दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको बताए । 'अभियुक्त र मृतकको डीएनए रिपोर्ट मिलेपछि अनुसन्धान प्रक्रिया सहज ढंगले अगाडि बढ्ने भएको छ,' उनले भने ।

गत माघ २१ गते विद्यालय गएकी भागरथीको बलात्कारपछि हत्या भएको थियो । बलात्कार र हत्याको आरोपमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई जिल्ला अदालत बैतडीको आदेश पछि पुर्पक्षका लागि बालसुधार गृह डोटीमा राखिएको छ ।

प्रकाशित:
2021/03/25, 4:36